नियम ६४
ईलाका प्रहरी कार्यालय वा वडा प्रहरी कार्यालय प्रमुखको काम, कर्तव्य र अधिकार
: जिल्ला प्रहरी कार्यालयको निर्देशन र नियन्त्रणमा रहने गरी आफ्नोे जिम्मेवारी क्षेत्रभित्र इलाका प्रहरी कार्यालय वा वडा प्रहरी कार्यालय प्रमुखको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः–
(क) प्रहरी जनशक्तिको प्रभावकारी परिचालन, रेखदेख, नियन्त्रण गर्ने र आवश्यक निर्देशन दिने,
(ख) आवश्यकता अनुसार गस्ती, पालोपहरा आदिको व्यवस्था मिलाउने, शान्ति सुरक्षा सम्बन्धी अन्य काम गर्ने वा गराउने,
(ग) प्रहरी कर्मचारीहरूको आचरण तथा अनुशासन कायम राख्न, कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्र्न, कर्तव्यनिष्ठ बनाउन एवं मनोबल उच्च राख्न कार्यालय मातहत प्रत्येक प्रहरी कार्यालयको वर्षको कम्तीमा तीन पटक निरीक्षण गरी आवश्यक निर्देशन दिने साथै निरीक्षण पुस्तिकामा जनाउने,
(घ) सजाय र पुरस्कार लगायतका वृत्ति विकासका कार्य गर्ने,
(ङ) आफ्नो कार्यालयमा रहेका सरकारी खजाना, मालसामान इत्यादि सुरक्षित राखी त्यसको स्रेस्ता दुरुस्त राख्ने वा राख्न लगाउने,
(च) अपराध नियन्त्रण वा अनुसन्धान गर्ने सिलसिलामा घर वा डेरामा बस्ने व्यक्तिहरूको व्यक्तिगत विवरण सङ्कलन गर्ने,
(छ) आफ्नो क्षेत्राधिकार भित्र स्थायी वा अस्थायी रुपमा बसोबास गर्ने गैर नेपाली व्यक्तिहरुको गतिबिधिको जानकारी राख्ने र राख्न लगाउने,
(ज) शान्ति सुरक्षामा खलल पु¥याउने, सुरक्षा प्रतिकूल क्रियाकलाप, खराब चरित्र भएका व्यक्ति, शङ्कित व्यक्ति, अदालतबाट सजाय पाएका अपराधीको निगरानी राख्न लगाउने, त्यस्ता व्यक्ति वा गतिविधिहरूको सूचना तथा विवरण अद्यावधिक राख्ने व्यवस्था मिलाउने साथै प्रमुख जिल्ला अधिकारीलाई प्रतिवेदन गर्ने,
(झ) सुरक्षा प्रतिकूल क्रियाकलाप तथा अपराध रोकथाम तथा नियन्त्रण गर्ने सम्बन्धमा योजना तर्जुमा गरीे प्रभावकारी कार्यान्वयन गर्ने तथा जनमुखी प्रहरी सेवा प्रदान गर्र्नेे गराउने,
(ञ) सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ को अनुसूची—१ मा उल्लेखित मुद्दा सम्बन्धी अपराध तथा प्रचलित कानून बमोजिम प्रहरीले अनुसन्धान गर्ने भनी तोकिएका अपराधहरूको अनुसन्धान वैज्ञानिक पद्धतिको प्रयोग गरी सम्बन्धित सरकारी वकिलसँग समन्वय गरी प्रभावकारी र छिटो छरितो रुपमा सम्पन्न गर्ने,
(ट) आफ्नो कार्यालयबाट अनुसन्धान तथा तहकिकात भएका मुद्दाहरूको विवरण सम्बन्धी अभिलेख राख्ने, अदालत वा अन्य कार्यालय सम्बन्धी कामको सिलसिलामा प्रहरीले गर्नुपर्ने